सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पोर्चुगलका एक नागरिक लागूऔषधसहित दिल्ली हुँदै जापान जाने तयारीमै थिए, ‍‍जब…बिमानस्थलमा ….

  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६



  • ?????????????????????????????????????????????????????????

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट राहदानी नम्बर सिए ७०१२९२ वाहक पोर्चुगिज नागरिक २५ वर्षीय मेन्डेस पेरिरा टियागोलाई लागूऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ करिब ४ केजी ३ सय ८० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    एयर इण्डियाको बिमानबाट काठमाडौंबाट दिल्ली हुँदै जापान जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा सुटकेसभित्र लुकाई छिपाई लैजान लागेको उक्त पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

    उनलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।

    त्यस्तै बाराको महागढीमाई नगरपालिका–१० पसाहाबाट कलैया उपमहानगरपालिका–२ पकडी बस्ने ५५ वर्षीय बीरबहादुर रामलाई अवैध लागूऔषध गाँजा करिब ३५ केजी सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

    कलैयाबाट गंजभवानीपुरतर्फ जाँदै गरेको ना १४ प ९०४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रामलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij