प्रकाशित मिति : आइतवार, साउन ५, २०७६
काठमाडाैं । हातखुट्टा धुन गएका तीन जना महिलाको डुबेर मृत्यु भएकाे छ । दाङमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर तीन जना महिलाको मृत्यु भएको हाे । खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएका उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खाल्डोमा सुरुमा एकजना महिला हातखुट्टा धुने बेला डुबेको र उनलाई बचाउन जाँदा अन्य दुई महिलाको समेत मृत्यु भएको बताइएको छ ।
डुबेर मृत्यु हुनेमा अमृता बिक, झरना बिक र बसन्ता बिकको रहेको प्रहरीले जानकारी दिएको छ । शव पोस्टमार्टमका लागि घोराही ल्याइएको प्रहरीले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij