सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ९ पुग्यो

  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६



  • गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ मा गएको पहिरोमा परेर मृत्यु हुनेका संख्या ९ पुगेको छ । पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । वडा नम्बर ४ का स्थानीय चन्द्रबहादुर विकको परिवारकी श्रीमतीसहित ४ जनाको मृत्यु भएको छ भने उनका एक छोरी र एक छोरा वेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रबहादुरकी ७ वर्षीया छोरी तारा बिक र डेढ वर्षीय छोरा सुमन विक रहेका छन् । चन्द्रबहादुर भने मजदुरी गर्न भारत गएका कारण जोगिएका छन् । दुर्घटनाको खबर पाएलगत्तै उनी भारतबाट हिडेको स्थानीयवासीले बताएका छन् ।

    त्यस्तै, स्थानीय ७० वर्षीय छलि विक र उनकी नातिनी ९ वर्षीय तारा विकको पनि पहिरोमा परेर मृत्यु भएको छ । पहिरोमा परेर २४ घर विस्थापित भएका छन् । त्यस्तै सोही गाउँपालिकाको वडा ३ मा पनि पहिरो परेर ३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीया तिलकुमारी तरामुमगर, उनका छोरा १० वर्षीय दर्शन तरामु र दुर्गा सिञ्जाली रहेका छन् । पहिरोमा परेर माया विक उनका छोरा बबि विक बेपत्ता भएका छन् ।

    त्यस्तै गुल्मीको सोही गाउँपालिकासँग सिमाना जोडिएको बाग्लुङको गलकोट–८ काँडेबास ज्यामिरे निवासी पितम्बार गौतमकी छोरी– १७ वर्षीया सिता गौतमको गोठमा काम गर्न लागेको बेला गोठसहित बगाएर मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij