प्रकाशित मिति : बुधबार, साउन ८, २०७६
काठमाडौं । आज बुधबार देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाको छ।
महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको तराईक्षेत्रमा अवस्थित रहेको र स्थानीय वायूको प्रभावका कारण देशको पूर्व र मध्यका अधिकांश स्थानमा वर्षाको सम्भावना छ।
आज दिउँसो र राति देशभर सामन्यदेखि पूर्ण बदली रही अधिकांश स्थानामा वर्षा हुने महाशाखाले जनाएको छ। देशका पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो जाने तथा खहरे खोलाहरुमा बाढी आउनसक्ने सम्भावना छ।
यस कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्नसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij