सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आगामी ३ दिन पनि वर्षा हुने, बाढीको जोखिम रहेको भन्दै चेतावनी जारी

  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६



  • काठामडौं। मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिकै रहेकाले अविरल वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भनेको छ, ‘मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिकै अवस्थित छ जसको कारणले अहिले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ तर अबको २४ घन्टामा मनसुनको न्यून चापीय रेखा अझ दक्षिण तिर सर्ने र मनसुनी गतिविधि कम सक्रिय हुने देखिन्छ।’

    मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ ६ बजे जारी गरेको सूचनाअनुसार देशभर सामान्यदेखि पूर्ण बदली भई अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ । पूर्वानुमान महाशाखाका अनुसार बुधबार राती देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ । देशका पूर्वी तराईका थोरै स्थानहरुमा तथा मध्य र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

    बिहीबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

    राती देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको मध्य र पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
    शुक्रबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

    राती देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका थोरै स्थानहरुमा भारीको सम्भावना छ ।

    महाशाखाका अनुसार आगामी २४ घण्टा देशका पूर्व र मध्यका थोरै स्थान र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैले ती क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ । महाशाखाले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनसमेत भनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij