प्रकाशित मिति : बुधबार, साउन ८, २०७६
काठमाडौं। लमजुङको दोर्दी गाउँपालिकामा बुधबार दिउँसो आएको बाढीले एक घर बगाउँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले डिसी नेपालसँग भने, ‘घटना भएको जानकारीपछि प्रहरी त्यसतर्फ गएको छ, घटनाको विस्तृत विवरण आउन बाँकी छ ।’
उनले घटना स्थलमा ३ जनाको शव फेला परेको जानकारी दिए । उनकाअनुसार प्रहरीले ५ जनाको उद्धार गरेको छ । यस्तै बाढीमा परेर ८ जना वेपत्ता भएकोसमेत उनले डिसी नेपाललाई जानकारी दिए । हाल खोज तथा उद्धारका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल पुगेको छ । स्थानीय दुर्दी खोलामा आएको बाढीले सो क्षति पुर्याएको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij