प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६
एजेन्सी। भगवान शिवजी जति रहस्यमय हुनुहुन्छ, उहाँका भेष–भुषा र तीसँग जोडिएका तथ्य पनि त्यतिनै विचित्रका छन्। शिव श्मशानमा निवास गर्नुहुन्छ। घाँटीमा नाग लगाउनुहुन्छ। गाँजा र धतुरो पनि खानुहुन्छ।
शिव पर्व अर्थात साउन महिनामा भगवान शिवको पूजाको निकै महत्व छ। हिन्दु पञ्चागंको यो एक महिनाले भगवान शिवको नजिक पुर्याउन सहयोग गर्छ। यो अवसरमा आज हामी तपाइँलाइ भगवान शिवजीसँग जोडिएका केही रोचक विषयमा जानकारी दिँदैछौं।
भगवान शिवजीले जसरी आफ्नो शिखामा गंगालाई धारण गर्नु भएको छ, त्यसबाट हामीले एकजुट हुनुपर्छ भन्ने सन्देश पाएका छौं। छरिएका रकेका कपाललाई एकत्रित गरेर भगवान शिवले गंगाको विकराल रुपमलाई शान्त स्वरुपमा परिवर्तन गर्नु भयो।
शिवजी त्रिनेत्र हुनुहुन्छ। ललाटमा अवस्थित तेस्रो नेत्रले के बताउँछ भने दूरगामी परिस्थितिलाई नियन्त्रित गर्नका लागि मात्र बाहिरी आँखाको प्रयोग गर्न हुँदैन। बरु सोचेर सम्झेर निर्णय लिनुपर्छ। सबै दूरगामी परिणामप्रति आफ्नो नजर राख्नुपर्छ।
शिव, शशि शेखर हुनुहुन्छ। जसले आफ्नो टाउकोमा चन्द्रमा धारण गर्नु भएको छ। चन्द्रमालाई शितलता र शान्तिको प्रतिक मानिन्छ। यस्तोमा भगवान शिवबाट के शिक्षा लिन सकिन्छ भने जस्तो सुकै परिस्थितिमा पनि आफ्नो धैर्यता गुमाउनु हुँदैन र मनमाथि सधैं नियन्त्रण राख्नुपर्छ।
शिवको एउटा रुप निलकण्ठ पनि हो। जसले क्रोधलाई सहने शिक्षा दिन्छ। क्रोधले सधैं बुद्धिलाई भ्रमित गरेर स्वयं र अन्यलाई समस्यामा पारिदिन्छ। यस्तोमो क्रोधलाई पिइएर आफ्नो धैर्यले समाप्त पार्नुपर्छ।
आदिनाथ आफ्नो घाँटीमा सर्पको गहना लगाउनु हुन्छ र, नन्दीको सवारी गर्नुहुन्छ। उहाँ कैलाश पर्वतमा बस्नुहुन्छ र,कन्दमुल खानुहुन्छ। उहाँका भक्तमा तमाम पशु–पक्षीदेखि देवी, दानवसम्म छन्। यहाँको यो स्वरुपले पर्यावरणप्रतिको प्रेम देखिन्छ।
भोलेनाथ कपर्दी र कपाली (जटाजुट र कपाल धारण गर्ने) पनि हुनुहुन्छ। आफ्नो शरीरमा उहाँले खरानी लगाउनुहुन्छ। यसको अर्थ के हो भने आफू सम्पूर्ण भएपनि स्वयंलाई कुनै भ्रममा राख्नु हुँदैन। जीवनमा इच्छा र प्रतिवद्धता चाहिन्छ तर, कल्पनामा बाँच्नु हुँदैन।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij