प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६
लमजुङ, साउन ९ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेमा एक जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँ, दमौलीका जिपचालक धनबहादुर आचार्य रहेको प्रहरीले जनाएको छ ।
लमजुङ–मनाङ सिमाना म्यार्दीखोलाबाट जगततर्फ आउँदै गरेको ग१ज ६७८६ नम्बरको जिप बुधबार राति मर्स्याङ्दी नदीमा खसेको स्थानीयले बताएका छन् ।
बिहीबार बिहान सोही ठाउँमा मनाङतर्फ जाँदै गरेको एक ट्रक हिलोमा फसेपछि धकेल्नेक्रममा मर्स्याङ्दी किनारमा जिप देखिएको थियो ।
दुर्घटनाको समयमा जिपमा चालकमात्रै रहेको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij