सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अण्डाहरु पनि एक आपसमा कुरा गर्छन् ! यसरी एक अर्कालाई खतराको संकेत दिन्छन्

  • प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६



  • काठमाडौं। अण्डाहरु पनि एक आपसमा कुरा गर्छन् । स्पेनको भिगो युनिभर्सिटीको एक अध्ययनमा यो कुरा पत्ता लागेको हो । अध्ययनपछि विश्वविद्यालयले प्रकाशित गरेको रिपोर्टमा उल्लेख भएअनुसार आमाबाट खतराको संकेत पाउनासाथ अण्डाहरु कम्पन भएर एक अर्कालाई सावधान गराउँछन् । शोधकर्ताहरुले यो अनुसन्धान पहेंलो खुट्टा भएको चरा (यलो बेलिड गल) का ९० अण्डाहरुमा गरेका हुन् ।

    शोधकर्ताहरुका अनुसार खतराको संकेत पाउनासाथ एक अण्डा छेउको अर्को अण्डालाई सचेत गराउँछ ताकि यदि उसले खतराको आभास नपाएको भए सावधान होस् । यसलाई बुझ्नको लागि चराका अण्डाबीच हुने ध्वनीको अध्ययन गरियो । शोधकर्ताहरुले यसको लागि अण्डाहरुलाई दुई वर्गमा बाँडे । पहिलो वर्गका अण्डालाई चरासँग गुँडमा राखियो । दोस्रो वर्गका अण्डालाई चरासँग साउण्ड प्रुफ कोठामा राखियो ।

    त्यपछि दुवै पटक चरालाई खतराको आभास गराइयो । यस क्रममा देखियो कि चराले अण्डालाई आवाजको माध्यमले खतराको संकेत दिन्छ । चराको संकेतपछि गुँडमा राखिएका अण्डामा भाइब्रेसन भयो तर साउण्ड प्रुफ कोठामा राखिएका अण्डाका कुनै प्रतिक्रिया देखिएन । शोधका अनुसार खतराका स्थितिमा अण्डा भाइब्रेट गर्छन् । यसरी भाइब्रेट गरेका अण्डाभित्र भएका चल्ला अन्य अण्डामा भएका चल्ला भन्दा ढिलो बाहिर निस्किन्छन् । अण्डाभित्रै खतरासँग जुध्ने र ढिलो बाहिर निस्किएका कारण यी चल्लाहरुमा स्ट्रेस हर्मोनको स्तर अन्य चल्लामा भन्दा धेरै हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij