प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६
काठमाडौं। पछिल्लो समय टिकटकको क्रेज निकै बढिरहेको छ । युवाहरुमा बढेको यो क्रेज निकै खतरनाक पनि बन्दै गएको छ । बाढीको पानीमा स्टन्ट गरेर टिकटकमा भिडियो पोस्ट गर्ने चाहनाले एक युवकको ज्यान लिएको छ । स्टन्टको तीन दिनपछि उनको लाश भेटिएको छ । त्यसपछि स्टन्टको भिडियो पनि सार्वजनिक भएको छ ।
घटना बिहारको दरभंगा जिल्लाको हो । बाढीको पानी हेर्न गएका तीन साथीहरु अफजल, कासिम र सितारेले टिकटकका लागि भिडियो बनाउने प्रयास गरेका थिए । यस्तैमा स्टन्ट गर्ने क्रममा अफजलको बाढीमा बगेर मृत्यु भएको हो । घटनाको तीन दिनपछि गोताखोरले त्यही ठाउँबाट उनको शव निकाले । घटनापछि यी तीन जनाको स्टन्टका केही भिडियोहरु सार्वजनिक भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij