प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६
काठमाडौं । काठमाडौंमा महिनायता खसी र कुखुराको मासुको मूल्य अचाक्ली बढेको छ । काठमाडौंका केही स्थानहरुमा खसीको मासु किलोकै १३ सयसम्म लिन थालिएको छ भने कुखुरा पनि ४३० पुगेको छ ।
कुखुराको मासु थोकमा ३५० पुगेको छ । एक केजीमै व्यापारीले ८० रुपैयाँ नाफा राख्दा मासुको मूल्य अकासिएको हो ।
यस्तै खसीको तयारी मासुको थोक मुल्य १२५० रुपैयाँ पुगेको छ । जसको प्रत्यक्ष असर उपभोक्तालाइ परेको छ ।
खसी–बोकाको उत्पादन नेपालमा न्यून रहेको अवस्थामा भारतबाट ल्याउन सरकारले कडाइ गरेपछि मूल्य बढेको बताउने गरिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij