सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लामो साँघु जिरी सडक तीन दिन बन्द

  • प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६



  • सिन्धुपाल्चोक । मर्मतको लागि भन्दै सिन्धुपाल्चोकको खाडीचौर हुँदै चरिकोट दोलखा जाने सडक तीन दिनका लागि बन्द हुने भएको छ । लामो साँघु जिरी सडक निमार्णको क्रममा रहेको हुँदा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    अविरल वर्षाका कारण हिलो भई सवारी आवतजावतमा समस्या भएको थियो । समितिका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा बसेको बैठकले साउन ११ गते बेलुका ६ बजेदेखि १३ गते बेलुकासम्म बन्द गर्ने निर्णय गरेको हो ।

    खासगरी सवारी आवतजावतमा समस्या परेको तथा उक्त सडक पूर्ववत् स्थितिमा सञ्चालनमा ल्याउनुपर्ने भएकोले मर्मतका लागि सवारी आवागमन बन्द गरिएको शहरी डिभिजन कार्यलयका प्रमुख धर्मेन्द्रकुमार झाले बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij