प्रकाशित मिति : शनिबार, साउन ११, २०७६
तुलसीपुर । दाङको लमही–९ रिहारस्थित सागर चौधरीले डुङ्गा चलाउन थालेको तीन वर्ष भयो । यसभन्दा अघि उनका बुबाले डुङ्गा चलाउँथे। बुबा बुढो हुँदै गएपछि १७ वर्षको उमेरदेखि डुङ्गा चलाउन थालेको सागर बताउँछन्।
उनले राप्ती नदी पानीको बहाब बढेर वारपार गर्ने अवस्था नभएमा डुङ्गामार्फत मानिसलाई वारपार गराउने गरेका छन्। उनका बुबाले करीब २४/२५ वर्ष सोही ठाउँमा डुङ्गा चलाएर घर परिवार पाल्दै आएका थिए ।
पैतिया–गङ्गदी घाट नजिकबाट सागरले डुङ्गामा मानिसलाई तारेर दैनिक ५०० देखि एक हजारसम्म आम्दानी गर्दै आएका छन् । डुङ्गामा तारेवाफत उनले प्रतिव्यक्ति रु २० लिने गरेको बताउँछन् । कक्षा १० सम्म पढेपछि देउखुरीको लमहीबाट कोरियन भाषा पढाइ शुरू गरे, तर त्यसमा पनि उनुत्तीर्ण भएपछि उनले पुख्र्यौली पेशा शुरु गरेको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij