सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

उप्रेती तीन दिनदेखी वेपता

  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६



  • रौतहट । कोल्हवी, १२ साउन जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ८ नयावस्तीका शम्भु उप्रेती तीन दिनदेखी वेपता भएका छन ।
    गाउँ नजिकैको बेल्वाबजारमा पशुका लागि ब्राण्ड किन्न भनी घरबाट निस्केका करिब ४० बर्षिय उप्रेति बेपता भएका हुन । शुक्रवार करिब १२ बजेको समयमा साईकल लिएर ब्राण्ड खरिद गर्न बजारतिर निस्केका उप्रेति आईतवार साँझसम्म सम्र्पक विहिननै छन । उनी बजारमा ब्राण्ड नपाएपछि घाँसका लागि जंगलतर्फ लागकेको अनुमान गरिएको छ । केही स्थानीयहरुले शुक्रवार करिब ३÷४ बजेको समयम साईकलबाट जंगलतर्फ लागेको देखेको बताएका छन ।

    घरपरिवार र स्थानीय प्रहरीको सहयोगमा सयौको संख्यामा स्थानीयहरुले यस क्षेत्रका करिब १० किलोमिटर वरिपरि रहेका ब्राण्ड पसल, सेलर मिलहरुमा सोधपुछ गर्नुको साथै बन जंगल क्षेत्रमा तिब्ररुपमा खोजीकार्य गरेपनि फेला पार्न नसकिएको शुम्भुका भाई नवराज उप्रेतिले साझेदारी दैनिकलाई बताए । हराएका आफ्ना दाईलाई खोजी कार्यमा तदारुक्ता देखाई दिन उनले प्रहरी प्रशासनलाई अनुरोध गरेका छन । हामीले नजिकका सवै गाउँहरु र बन क्षेत्रमा समेत तिब्र रुपमा खोजि ग¥यौ तर दाई शम्भु नभेटिएको नवराजले दुखेसो गरे ।

    हराएका शम्भु केही महिना अघिमात्रै वैदेशिक रोजगारीका क्रममा मलेशियाबाट घर फर्किएर गाउँमै पशुपालन व्यवसाय गर्दै आईरहेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij