सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बैकिङ्ग कसुरमा फरार भएका जेमजोङ्ग ६ वर्षपछि पक्राउ

  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६



  • काठमाडौं। बैकिङ्ग कसुर मुद्दाका फरार एकजना प्रतिवादी आइतबार ६ वर्षपछि पक्राउ परेका छन्। भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने पाँचथर साविक यासोक–८ घर भएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई गोङ्गबुबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    चेमजोङ्गले मन्जु श्रेष्ठको नाममा प्रयाप्त रकम नभएको प्रभु बैंक लिमिटेडको खाताको १० लाख ९४ हजार ५ सय रकमको चेक २०७० असार १४ गते जारी गरेकोमा उक्त चेकबाट नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो ।

    उच्च अदालत पाटनको २०७५ पुस १७ गतेको फैसलाले चेमजोङ्गलाई १५ दिन कैद र १० लाख ९४ हजार ५ सय रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।

    चेमजोङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij