प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६
काठमाडौँ । आज मंगलबार देशभर मौसम सामान्य बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तराईको दक्षिणतिर रहेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने तथा मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा भारी वर्षा हुन सक्छ।
आज दिउँसो र राति पनि देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा वर्षाको सम्भाना छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij