सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

प्रदेश ५ मा एक वर्षमा ६ सय ३२ मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६



  • बुटवल । सवारी दुर्घटना दैनिक भइरहेको छ । रोक्न लागि विभिन्न पहल भए पनि प्रदेश ५ मा दैनिक दुई जनाको दरले मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।

    प्रदेश नं. ५ मा एक वर्षमा सवारी दुर्घटनाबाट ६ सयभन्दा बढीको मृत्यु भएको छ । ५ नंं प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश नं. ५ मा ६ सय ३२ जनाको दुर्घटनाबाट मृत्यु भएको छ ।

    १ हजार ४ सय ४० सवारी दुर्घटनामा परी ६ सय २३ जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनकारी दिएको छ । सबैभन्दा बढी रुपन्देहीमा ३ सय ८६ वटा दुर्घटना भएका छन् । यी दुर्घटनामा परी १ सय ४३ जनाले ज्यान गुमाएका छन् ।

    त्यसैगरी, दाङमा २ सय ५० दुर्घटना हुँदा १ सय ४ जनाले ज्यान गुमाएको कार्यालयको भनाइ छ । मृत्यु हुनेमा ४ सय ४२ पुरुष, १ सय १९ महिला, ३२ बालक र ३० बालबालिका छन् ।

    गत एक वर्षको अवधिमा ५ नम्बर प्रदेशमा कुल १ हजार २९ सवारी दुर्घटनामा परी ५ सय ९२ जनाको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइटेलले बताए । यो अवधिमा ५ नम्बर प्रदेशभरका १२ वटै जिल्लामा १ हजार ४ सय ४० वटा सवारी दुर्घटना भए भने जिल्लागत रूपमा भने प्रदेशको अस्थायी मुकाम रहेको रुपन्देही जिल्लामा सबैभन्दा बढी सवारी दुर्घटना भएको जनाइको छ ।

    १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै दुर्घटना : टिपर आतङ्क
    पाँच नम्बर प्रदेशभरिमा रुपन्देहीमा सबैभन्दा बढी दुर्घटना भएका छन् । वर्षको अवधिमा रुपन्देही जिल्लामा टिपर आतङ्कसहितका सवारी दुर्घटनाले धेरैको ज्यान गएको छ ।
    यो प्रदेशको अस्थायी राजधानीसमेत रहेको रूपन्देही जिल्लामा गत एक आर्थिक वर्षको अवधिमा प्रदेशमै सबैभन्दा बढी सवारी दुर्घटना भएको हो । रुपन्देहीमा मात्रै ३ सय ८६ सवारी दुर्घटना भएका थिए । तीमध्ये १ सय ३७ जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय बुटवलको तथ्याङ्कले देखाएको छ । तीमध्ये २१ वटा टिपर दुर्घटना भएका छन् । यस जिल्लामा सवारी दुर्घटनाबाट १ सय १० पुरुष, १६ महिलासहित ८ बालक र ३ महिलाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

    कपिलवस्तुमा पनि उस्तै त्रास
    पूर्व–पश्चिम राजमार्गमा पर्ने कपिलवस्तु तराईको जिल्लाको हो । जहाँ आर्थिक वर्ष ०७५/७६ मा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या हेर्दा डरलाग्दो अवस्था देखिएको छ ।
    अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा कपिलवस्तु जिल्लामा १ सय ५८ दुर्घटनामा ७८ जनाको ज्यान गएको छ । प्रत्येक वर्ष विभिन्न कारणले हुने सवारी दुर्घटनामा बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको तथ्याङ्कलाई हेर्दा गत चार वर्षयताकै सबैभन्दा बढीले यसै वर्ष दुर्घटनामा परी ज्यान गुमाएका छन् । यस वर्ष सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधन मोटरसाइकल रहेको छन् । जसमा १ सय १४ वटा दुर्घटनामा परेका छन्

    त्यसपछि क्रमशः साना सवारी साधन २६ वटा, ट्रक तथा ट्याङ्कर २५, कार, जिप २२, बस २१, टिपर १२, ट्याक्टर १०, अटो ८ वटा दुर्घटना भएका छन् भने अन्य सवारीसाधन ३ वटा दुर्घटना हुँदा माइक्रो भने एउटा दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । उक्त दुर्घटनामा परी सबैभन्दा बढी ६२ जना पुरुषले ज्यान गुमाएका छन् भने १० जना महिला, ३ बालक र ३ बालिका गरी कुल ७८ जनाले ज्यान गुमाएका हुन् ।

    गत आर्थिक वर्षमा सबैभन्दा बढी असोज, फागुन र असार महिनामा समान १७/१७ दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा रहेको छ । सबैभन्दा कम चैत महिनामा ८ वटा दुर्घटना भएका छन् । यस्तै विभिन्न खाले दुर्घटनामा परी १ सय ५९ जना मानिस गम्भीर घाइते भएका छन् । सामान्य घाइतेहरुको सङ्ख्या ६७ रहेको छ । आर्थिक वर्ष २०७२/०७३ मा ५४ जनाले दुर्घटनाम परी ज्यान गुमाएका थिए । त्यस्तै २०७३/०७४ मा ७६ जना दुर्घटनामा परेकामध्ये ६१ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा १ सय २३ वटा दुर्घटना हुँदा जिल्लामा ६५ जनाको मृत्यु भएको थियो भने १ सय ६ जना घाइते भएका थिए । यसरी ट्राफिक प्रहरीको तथ्याङ्कमा पछिल्लो चार वर्षलाई हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढीले मृत्युवरण गरेका छन् ।

    दाङको अवस्था पनि भयावह
    प्रदेश ५ को तराईको अर्काे जिल्ला दाङमा गत एक वर्षको अवधिमा भएका सवारी दुर्घटनाको अवस्था पनि भयावह देखिएको छ । उपत्यका र विभिन्न सहर रहेको यो जिल्लामा एक आर्थिक वर्षको अवधिमा २ सय ५० वटा सवारी दुर्घटनाभएका छन् । ती दुर्घटनामा परी १ सय १ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

    यस समयमा दाङ जिल्लामा मात्रै भएका दुर्घटनालाई हेर्दा प्रदेश पाँचमा दोस्रो बढी दुर्घटना हुने जिल्ला देखिएको छ ।

    दाङ जिल्लामा २ सय ३१ जना गम्भीर घाइते हुने गरी १ सय ९१ वटा दुर्घटना भएका छन् ।

    उता प्रदेशको पूर्वी जिल्ला नवलपरासी पश्चिमको अवस्था पनि १ सयभन्दा माथि सवारी दुर्घटना हुने जिल्लाका रूपमा रहेको छ । १ सय ६ वटा दुर्घटना भएको नवलपरासी पश्चिममा एक वर्षको अवधिमा १ सय ५१ सवारी साधन दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ भने ६८ मानिस गम्भीर घाइते भए ।

    यता बाँके जिल्लामा १ सय ४२ वटा सवारी साधन दुर्घटनामा परेको तथ्याङ्कले देखाएको छ । जसमा ४१ पुरुष, १३ माहिला र ५ बालक गरी कुल ५९ जनाले ज्यान गुमाए । यो अवधिमा बाँके जिल्लामा दुर्घटनामा परी ७७ जना गम्भीर घाइते भए भने ७७ जना नै सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै; बर्दिया जिल्लामा ४९ दुर्घटनामा ३३ जनाले ज्यान गुमाएका छन् भने एक वर्षको अवधिमा ७६ सवारी साधन दुर्घटनामा परेका छन् । तराईका जिल्लाहरु सँगसँगै प्रदेश ५ को पहाडी जिल्लामा सबैभन्दा बढी दुर्घटना पाल्पा जिल्लामा ७५ सवारी दुर्घटनामा परेका छन् । जसका कारण ५४ दुर्घटना भई ४० जनाले ज्यान गुमाउनुपरेको तथ्याङ्क छ । हरेक वर्ष जस्तै बढ्दै जाने सवारी दुर्घटना र यसले निम्त्याउने भयावह स्थितिले बर्सेनि सयौँ नागरिकले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।

    उता पहाडी जिल्ला गुल्मीमा २९ वटा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । त्यस्तै २० वटा दुर्घटना भएको अर्घाखाँचीमा यो एक वर्षको अवधिमा २१ वटा सवारी दुर्घटनामा परे । जसका कारण १६ जनाको मृत्यु भयो ।

    ३२ सवारी साधन दुर्घटना भएको प्युठान जिल्लामा ३० दुर्घटना भए भने १४ जनाको मृत्यु भयो । त्यस्तै २८ वटा सवारी दुर्घटना भएको रोल्पामा यो वर्ष १५ जनाको ज्यान जानेगरी २६ दुर्घटना भएका छन् । त्यस्तै ५ नम्बर प्रदेशको सुदूर पश्चिमको जिल्ला रुकुमपूर्वको अवस्था पनि सवारी दुर्घटनामा कम देखिएन । रुकुमपूर्वमा यो एक वर्षको अवधिमा ९ वटा सावरी दुर्घटनामा १५ जनाको ज्यान गयो ।

    प्रदेश नं. ५ मा १४ करोड राजस्व सङ्कलन
    नियमविपरीत काम गर्नेमाथि निगरानी पनि बढाएको छ । जसबाट ५ नंं प्रदेश ट्राफिक कार्यालय बुटवल माताहातका १२ जिल्लाले आर्थिक वर्ष २०७५/०७६ मा १४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेका छन् ।
    २ लाख ४३ हजार ७ सय ५६ सवारी साधनलाई कारबाही गर्दा १४ करोड ४१ लाख ९४ हजार ५ सय राजस्व सङ्कलन भएको ५ नं. प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ । सवैभन्दा बढी राजस्व जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले उठाएको छ । ४९ हजार ६ सय सवारी साधन कारबाही गर्दा ३ करोड ५१ लाख २ हजार राजश्व सङ्कलन गरेको छ । त्यसैगरी दोस्रोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ रहेको छ । उसले ३४ हजार ५ सय ९ सवारी साधन कारबाही गर्दा २ करोड १३ लाख ५ हजार ५ सय राजश्व सङ्कलन गरेको छ । यसैगरी ५ नंं प्रदेश ट्राफिक कार्यालय बुटवलले १ करोड ५६ लाख ३३ हजार ५ सय राजस्व सङ्कलन गरेको छ ।

    ट्रक धेरै कारबाहीमा
    ५ नंं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को प्रगति प्रतिवेदनमा सबैभन्दा बढी ट्रकहरू कारबाही परेको देखाएको छ । कार्यालयका अनुसार एक वर्षको अवधिमा १२ जिल्लामा ९१ हजार ८ सय ४६ ट्रक कारबाहीमा परेका छन् । “यसरी कारबाही पर्नेमा ओभर लोड नै हो” लुइटेलले भने । त्यसैगरी १२ जिल्लामा २३ हजार ८ सय २९ बस, ३६ हजार ८ सय ४५ जिप तथा कार, २९ हजार ३ सय ३० ट्याक्टर, ५५ हजार ८४ मोटरसाइकल र ६ हजार ८ सय २२ टेम्पो कारबाहीमा परेको कार्यालयको भनाइ छ ।

    दुर्घटना न्यूनीकरणका कार्ययोजना
    जसरी दुर्घटना भयावक अवस्था छ त्यसै गरी न्यूनीकरण लागि पनि काम भएका छन् । सरकारी तथा गैरसरकारी संस्थाहरुले दुर्घटना रोक्न लागि विभिन्न काम गरेका छन् ।
    दुर्घटना न्यूनीकरणका लागि प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालयले १४ बुँदे कार्ययोजना बनाएर लागू गरेको छ ।

    यसले दुर्घटनामा कमी आउने विश्वास पनि कार्यालयले गरेको छ । कार्ययोजनामा सामुदायिक प्रहरी साझेदारी, ब्याल्क स्पोटसम्बन्धी जानकारी दिने, ट्राफिक चेकिङ तथा अनुगमन, पार्किङ व्यवस्था रहेका छन् । त्यसैगरी हिट एन्ड रन क्यास पनि कार्ययोजनामा प्राथमिकतामा परेको छ । सवारी दुर्घटना गरी भाग्ने सवारी सधानलाई नियन्त्रणमा गर्ने उद्देश्यसहित हिट एन्ड रन क्यास कार्ययोजना बनाइएको छ ।

    त्यसैगरी ट्राफिक व्यवस्था, नागरिक यात्रु सहायकता कक्ष, रिफरेन्स सेन्टरको सञ्चालन तथा थप, रेकर्ड म्यानेजमेन्ट, सडक, फुटपाथ अतिक्रमण, छाडा चौपाया नियन्त्रण, ट्राफिक प्रहरी, कर्मचारीहरुको आचरण व्यवहारमा सुधार र दैवी प्रकोप उद्धार तथा व्यवस्थापन गर्ने कार्ययोजनामा समेटिएको कर्यालय प्रमुख एसपी मघुसुधन लुइटेलले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij