प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६
रुपन्देही,
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट साउन १४ गते
एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ जिल्लाको म्याग्दी गाउँपालिका २ जामुने बस्ने २५
वर्षिय खुमबहादुर थापा छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको
एपीएफ टोलीले निज थापालाई शंका लागि जाँच गर्दा उनको साथमा नोफिन २४
बोतल, फेनारगन २४ बोतल डाईजिपाम २४ बोतल र नाईट्रोजन ट्याब्लेट १५ वटा
फेला परेपछि पक्राउ गरेको हो ।
पक्राउ परेका निज थापालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक
कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलहियामा बुझाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij