आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्वेता तिवारीका श्रीमानले सौतेनी छोरीलाई कुटे, पहिले पनि अश्लील तस्वीर देखाउँथे

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • मुम्बइ । टिभीकी चर्चित नायिका श्वेता तिवारी धेरै समयदेखि पर्दाबाट गायब छिन् । उनी आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । तर पछिल्ला केही समयदेखि श्वेता र उनका श्रीमान्बीच खटपट भइरहेको खबर सार्वजनिक भइरहेका छन् । खबरका अनुसार श्वेता एकपटक पुनः घरेलु हिंसाको शिकार भएकी छिन् र अभिनवले आफ्ना सौतेनी छोरी पलकमाथि पनि हात उठाएका छन् ।

    एक वेबसाइटका अनुसार गत वर्ष श्वेता र अभिनवबीच केही समस्या चलिरहेको छ । तर दुबैले यो कुरा स्विकार गरेका थिएनन् । जहाँ श्वेता यसबारे चुप लागेर बसिन् भने अभिनवले यसलाई अस्विकार गरे । तर अभिनवले रिसमा श्वेताकी छोरी पलकलाई पनि थप्पड हानेको बताइएको छ । त्यसपछि श्वेता सिधा पुलिस स्टेशन पुगिन् ।

    वेबसाइटले आफ्नो स्रोतको हवाला दिँदै पुलिस स्टेशनमा श्वेता आफ्नी छोरीसँगै रोइरहेकी थिइन् र चिच्याइरहेकी थिइन् । त्यतिबेला उनकी आमा पनि सँगै भएको बताइन्छ । श्वेताले पुलिसलाई अभिनव धेरैजसो रक्सीको मातमा मात्र भइरहेका जानकारी दिएकी छिन् । उक्त घटनापछि अभिनवलाई आइतबार करिब १ बजे पुलिस स्टेशन पुर्याइयो । त्यसपछि उनीहरु चारैजना करिब ४ घण्टासम्म त्यहाँ बसे । यद्यपि, अन्त्यमा श्वेताले आफू कानूनी लडाईं नलड्ने र यो मामलालाई घरमा नै सुल्झाउने कोसिस गर्ने भन्दै पुलिस स्टेशनबाट बाहिरिएको बताइन्छ ।

    यद्यपि, एक अन्य वेबसाइटका अनुसार यो मामलामा अभिनवविरुद्ध मुद्दा दर्ता भएको छ जसमा अभिनवले श्वेताकी छोरी पलकका लागि अभद्र भाषासमेत प्रयोग गरेको थिए । श्वेताले अभिनवमाथि छोरीमाथि अभद्र टिप्पणी गरेर र अक्टोबर सन् २०१७ मा आफ्नो मोबाइलमा मोडलका अश्लील तस्बिर देखाएर उनको (पलकको) शालीनता नष्ट गरेको आरोप लगाइन् । स्मरण रहोस्, श्वेताको पहिलो विवाह राजा चौधरीसँग भएको थियो तर यो विवाहमा पनि उनी घरेलु हिंसाको शिकार भइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij