आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमतीलाई मारेर एक हातमा टाउको अर्कोमा चक्कु लिएर सडकमा घुमिरहेका थिए प्रदिप

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • आन्ध्र प्रदेशको विजयवाडामा हत्याको यतो घटना सिसिटिभीमा रेकर्ड भएको छ जसको बारेमा सुन्दा पनि आङ सिरिङग हुन्छ । यहाँका प्रदिप कुमार नामका व्यक्तिले पहिले श्रीमतीको हत्या गरे त्यसपछि उनको टाउको छिनाए । यति हुँदा पनि उनको रिस शान्त नभएपछि उनी एक हातमा पत्नीको काटिएको टाउको र अर्को हातमा चक्कु लिएर घुमिरहेका सडकमा थिए ।

    प्रदिपको हातमा महिलाको काटिएको टाउको देखेर मानिसहरु निकै डराए । यो पूरै घटना सिसिटिभीमा रेकर्ड भयो । यो घटना विजयवाडाको श्रीनगर क्षेत्रको भएको आज तकको समाचारमा उल्लेख छ । समाचारअनुसार आइतबार प्रदिपले आफ्नो घरबाहिर प्रदिपले आफ्नी पत्नी मनिक्रान्तिको चक्कुले घाँटी काटेर हत्या गरे । त्यसपछि उनी एउटा हातमा टाउको अर्को हातमा चक्कु लिएर घुमिरहे । रिपोर्टअनुसार उनले हत्यापछि पत्नीको काटिएको टाउको नहरमा फालिदिए र आफैं प्रहरी चौकी गएर आत्मसमर्पण गरे । उनीहरुको बिहे ५ वर्ष पहिले भएको बताइएको छ । हत्या भन्दा अगाडि मनिक्रान्तिले प्रदिपविरुद्ध घरेलु हिंसाको मुद्दा हालेपछि उनीहरुबीच खटपट भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij