आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रिलिज नहुँदै साहोले लगानी उठाएर नाफामा गइसक्यो

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं । साउथ सुपरस्टार प्रभास र श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ले रिलिज अगाडि नै लगानी उठाइसकेको छ । यही ३० अगस्टमा रिलिज हुने चलचित्रले चलचित्रको थिएट्रिकल राइट्स ३२० करोडमा विक्री भएको हो । ‘साहो’ ३५० करोड लगानीमा निर्माण भएको चलचित्र हो ।

    यसमा स्याटलाइट्स र वेब प्लाटफर्मको राइट्सको कमाई जोडिएको छैन् । स्याटलाइट्स र वेब प्लाटफर्मको राइट्स विक्री हुन बाँकी नै छ । यी दुई राइट्स विक्री हुँदा ‘साहो’ले रिलिज अगाडि नै लगानी उठाएर नाफामा गइसकेको हुने छ ।
    चलचित्र ‘साहो’ यो वर्षको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्ने भारतीय सञ्चारमाध्यमले अनुमान गरेका छन् ।

    ‘साहो’मा प्रभासले १०० करोड पारिश्रमिक लिएका छन् । यो पारिश्रमिक भारतमा हालसम्मकै सबैभन्दा धेरै हो । प्रभास भारतमा सबैभन्दा महंगा अभिनेता बनेका छन् । यद्यपि एक अन्तर्वार्तामा प्रभासले १०० करोड पारिश्रमिक नलिएको बताएका छन् । एक्सन चलचित्र ‘साहो’को ट्रेलरमा देखाएका फाइट, भीएफएक्स, स्टन्ट सिन निकै अकार्षक रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij