शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अब घर बसीबसी ‘छुन’ सक्नुहुन्छ संसारको कुनै पनि ठाउँ, गुगलले बनायो अचम्मको एप

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३



  • गुगल अर्थले आफ्नो नयाँ एप्लिकेशन (गुगल अर्थ भीआर) अर्थात् गुगल अर्थ भर्चुअल रियालिटी लञ्च गरेको छ । अब घर बसीबसी तपाईं संसारको कुनै पनि चर्चित ठाउँलाई हेर्न त सक्नुहुन्छ नै साथै त्यहाँ भएको महसुस पनि गर्न सक्नुहुन्छ । यो अचम्मको अनुभवलाई पाउनका लागि तपाईंको हातमा भिवर ह्यान्डसेट ।

    यसलाई लगाएपछि गूगल अर्थ भिवरमार्फत भर्चुअल स्क्रिनमा घर बसीबसी संसारको सबै चर्चित ठाउँलाई हेर्न र महसुस गर्न सक्नुहुन्छ । तर पहिले पनि संसारको कुनै पनि ठाउँलाई घर बसीबसी देख्न सकिन्थ्यो । यस्तोमा गुगल अर्थ भिवर कसरी भिन्न छ, यो विषयमा थाहा पाउन जरुरी छ ।

    २ अर्ब पटक डाउनलोड गरिसकिएको १० वर्ष पुरनो गुगल अर्थबाट संसारको कुनै पनि कुनालाई घर बसेर हेर्न सकिन्छ । तर गुगल अर्थ भिवर योभन्दा निकै भिन्न छ । यसले नौलो शैलीमा संसारको चर्चित ठाउँमा सयर गराउँछ । तपाईं त्यो ठाउँमा वास्तवमा नै पुगेको र त्यहाँको स्थानलाई छोइरहेको महसुस गर्नुहुन्छ ।

    यो अनौठो अनुभव बारे गुगलले आफ्नो बयान जारी गर्दै भनेको छ, ‘यसलाई प्रयोग गर्नेहरुले शहरको माथि उड्न सक्छन्, पहाडको चुचुरामा उभिन सक्छन् र धतीभन्दा बाहिर निस्किएर अंतरिक्षमा पनि जान सक्नुहुन्छ । ’

    यद्यपी यो अनुभव पाउनका लागि तपाईंले लोकप्रिय गेमिङ प्लेटफर्म स्टिममा जानु पर्नेछ जहाँबाट यसलाई निःशुल्क डाउनलोड गर्न सक्नुहुन्छ । तर अहिले यसलाई एचटीसी भाइभ, ओक्युलस रिफ्ट र प्लेस्टेशनको भिअर ह्यान्डसेटबाट देख्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij