शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

न्युरोडमा लाभा मोबाइलको सोरुम

  • प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३



  • काठमाडौ । चिनियाँ मोबाइल कम्पनी लाभाले पहिलो पटक काठमाडौंको न्युरोडमा टच एण्ड फिल सहितको एक्सक्लुसिभ मोबाइल सोरुम संचालनमा ल्याएको छ । अम्बे ग्रुपको अम्बे मोबाइले बजारमा ल्याएको लाभा मोबाइलको सोरुम लाभा इन्टरनेशनल हङकङका ओभरसिज बिजनेश मेनेजर डेभिड याङ र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले बिहीबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    लाभा मोबाइल दक्षिण पूर्वी एसिया, दक्षिण एसिया, मध्यपूर्वी देश र दक्षिण अमेरिकी मुलुकमा समेत कारोबार भइरहेको छ । सस्तो मुल्यमा उत्कृष्ट फिचर भएको लाभा मोबाइले १० वटा मोडल बजारमा ल्याएको छ । ६ बर्ष देखि नेपालमा कारोबार भइरहेको लाभा मोबाइलका देशभर ६ वटा आफ्नै र थर्डपार्टी मार्फत १६ वटा सोरुम संचालनमा ल्याइसकेको छ ।

    सस्तो मुल्यमा उत्कृष्ट फिचर उपलब्ध गराइरहेको लाभा मोबाइलले सबै बर्गका ग्राहकहरुको माया पाउने बिश्वास लिएको छ । कार्यक्रममा अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले अघिल्लो बर्षको तुलनामा लामा मोबाइलको कारोबार ४० प्रतिशतले बढेको र आउने बर्षमा अझ बढ्ने बताए ।

    लाभा मोबाइलमा भएको फिचर अन्य मोबाइलमा खोज्ने हो भने दुइगुणा बढी रकममा मात्र पाइने दावी गरे । न्युरोडको पाकोमा संचालनमा आएको सोरुम मार्फत मोबाइल पारखीलाई टच एण्ड फिलको सुबिधा सहित कारोबार पनि गर्ने छ । लाभा मोबाइलको कस्टुमर केयर सेन्टर सुन्धाराको सिटीसी मलमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij