मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

आज संसद्मा दर्ता हुने संशोधन प्रस्ताव मधेसी मोर्चाले मान्नुपर्छ : अध्यक्ष देउवा

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • वीरगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज संसद्मा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताएका छन् ।

    sher-bahadur-deubaनेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै सभापति देउवाले नेकपा (एमाले)ले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गरे।

    एक प्रश्नको जवाफमा अध्यक्ष देउवाले २ नं प्रदेशलाई आफूहरुले बढी प्राथमिकतामा राखेको बताए ।

    उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आज संसद्मा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गरे ।

    उनले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली काँग्रेसको धारणा रहेको बताए ।

    पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली काँग्रेस सकारात्मक रहेको बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij