शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रुसद्वारा ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान

  • प्रकाशित मिति : शनिबार, पुस १२, २०७६



  • काठमाडौँ । रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ।

    ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत दिएका थिए।

    राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पुर्‍याएको बताएका छन्।

    ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असंभव हुने दाबी गरिएको छ।

    रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्त्वपूर्ण भएको बताए।

    पुटिनले मङ्गलवार अभानगार्ड प्रणालीलाई अहिले भएका सबैखाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई भेदन गर्न सक्ने बताएका थिए।

    उनले भनेका थिए: “अन्य कुनै पनि देशसँग यति छिटो उड्ने हतियार छैनन्, क्षेप्यास्त्रको कुरै छाडौँ।”

    पश्चिमा र अन्य राष्ट्रहरू रुसको पछि नै रहेको उनले दाबी गरे।

    पुटिनले अभानगार्डलाई सन् २०१८ को मार्च महिनामा सार्वजनिक गरेका थिए।

    सन् २०१८ को डिसेम्बरमा सो क्षेप्यास्त्रले परीक्षणमा छ हजार किलोमिटर परको लक्ष्यलाई प्रहार गरेको थियो।

    अन्तर महादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्छ।

    रुसको रक्षा मन्त्रालयले अभानगार्ड प्रणालीको भिडिओ सार्वजनिक गरेपनि अस्त्र विज्ञहरूले सो हतियारको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।

    एक विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले रुसी दाबीमाथि नबोल्ने बताएको छ। अमेरिका र सन् २०१४ मा परीक्षण गरेको दाबी गरेको चीनसँग हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रम रहेको छ।

    सन् २०१० को न्यू स्टार्ट सन्धि अन्तर्गत गएको नोभेम्बर २६ मा रुसले अमेरिकी विज्ञहरूलाई अभानगार्डलाई निरीक्षण गर्न दिएको थियो।

    रुस र अमेरिकाबीच आणविक हतियारसम्बन्धी बाँकी रहेको परमाणु क्षेप्यास्त्र प्रणालीहरूको सङ्ख्या घटाउने सो सन्धि सन् २०२१ को फेब्रुअरीमा अन्त्य हुँदैछ।

    बीबीसीका रक्षा संवाददाता जनाथन मार्कसले रुसले दाबी गरे अनुसार ती क्षेप्यास्त्र प्रणाली जडान गरिएको वा परीक्षणकै रूपमा रहेको पुष्टि गर्न गार्‍हो हुने बताएका छन्।

    उनी भन्छन्: “अहिलेका लागि रुस हाइपरसोनिक अस्त्र प्रणालीमा अग्रणी देखिएको छ। चीनले पनि यस्तो प्रणाली विकास गरिरहेको छ भने अमेरिका पछाडि परेको देखिएको छ।” मार्कसका अनुसार ती क्षेप्यास्त्रका लागि प्रतिरक्षा गर्न गार्‍हो हुन्छ। उनी भन्छन्: “रुसको घोषणाले आणविक अस्त्रको दौडमा नयाँ र खतरनाक युग सुरु गरेको छ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij