आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अष्ट्रेलियामामा पानी परेपछि खुशीयाली : डडेलो भने अझै उग्र हुने चेतावनी

  • प्रकाशित मिति : सोमवार, पुस २१, २०७६



  • एजेन्सी । अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा गिरावट आएको छ । अधिकारीहरुले बताएका छन् कि आगो भने बन्द हुनेछैन् अझ उग्र हुनेछ ।

    साउथ वेल्सको केही भागदेखि सिड्नीसम्म नै पानी परेपछि केही राहत भएको छ । पानी परेसँगै बिहीबार तापक्रम अत्यधिक बढ्ने अधिकारहिरुले चेतावनी दिएका छन् ।

    उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिने जानकारीसमेत दिएका छन् । ‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान चेतावनी दिइन् ।

    डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् । यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् ।

    यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन् ।

    तर, भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रू क्रिस्पले चेतावनी दिँदै भने, ‘तापक्रम बढ्नेछ र डढेलो पुनः सक्रिय हुनेछन् ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij