आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यहाँ आफै सर्छन् ढुङ्गा, नासाले सुल्झाउन नसकेको रहस्य

  • प्रकाशित मिति : बुधबार, पुस ६, २०७३



  • डेथ भ्याली पूर्वी क्यालिफोर्नियामा रहेको एक मरुभुमी हो । यो उत्तरी अमेरिकाको सबैभन्दा गर्मी, सुख्खा र विचित्र स्थान हो । क्यालिफोर्नियाको डेथ भ्यालीको संरचना र तापक्रमले भू–वैज्ञानिकलाई सधैं अचम्मित पारिरहेको छ । अझै योभन्दा बढि अचम्मको कुरा के छ भने यहाँका ढुङ्गा आफ्सेआफ सर्छन् ।यी ढुङ्गालाई ‘सेलिंग स्टोन्स’ को नामले पनि परिचित छन् । यहाँको रेसट्र्याक क्षेत्रमा २३० किलोग्रामसम्मका ढुङ्गाहरुले आफ्नो स्थान परिवर्तन गरिरहेको देख्न सकिन्छ ।

    क्यालिफोर्नियाको डेथ भ्यालीमा केहि ढुङ्गा आफै सर्नु नासाका लागि पनि एक रहस्य बनेको छ । रेसट्र्याक प्लाया २.५ मिल उत्तरदेखि दक्षिण र १.२५ मील पूर्वबाट पश्चिमसम्म पूरै मैदान छ । तर यहाँ छरिएका पत्थर आफै सरिरहन्छन् । यहाँ यस्ता १५० भन्दा बढि पत्थर छन् । यद्यपी, कसैले यी ढुङ्गाहरुलाई आफ्नो आँखाले सरेको नै भने देखेको छैन ।

    चिसो मौसममा यी ढुङ्गाहरु २५० मिटरभन्दा टाढासम्म सर्छन् । सन् १९७२ मा यसको रहस्योद्घाटन गर्नका लागि वैज्ञानिकहरुको एक समूह बनाइयो । उक्त समूहले ती ढुङ्गाहरुको समूहलाई नामाकरण गरेर त्यसमाथि सात वर्षसम्म अध्ययन गर्यो । केरिन नामका लगभग ३१७ किलोग्रामको ढुङ्गा अध्ययनको क्रममा अलिकती पनि सरेन । तर जब वैज्ञानिक केहि वर्षपछि त्यहाँ फर्किए तब उनीहरुले केरिनलाई १ किलोमिटर टाढा पाए । अब वैज्ञानिकले यसो हुनुको पछाडि त्यहाँ चल्ने तेज हावा बताउन थालेका छन् ।

    अन्य वैज्ञानिकहरुले यी ढुङ्गाका यी अद्भुत गतिविधिका पछाडि मौसमको विशेष स्थिती हुनसक्ने आशंका व्यक्त गरेका छन् । यसबारे गरिएको अनुसन्धानका अनुसार मरुभुमीमा ९० मिल प्रति घण्टाको गतीमा चल्ने हावाले राती जम्ने बरफ र सतहमाथिको गिलो माटोको पत्रले गर्दा ढुङ्गा सर्ने गरेको हो ।

    बिना कुनै हलचल वा बल प्रयोग नगरिकनै ढुङ्गा सर्ने यो घटना सन् १९०० को दशकदेखि रहस्य बन्दै आएको छ । केही मानिसहरुले यसको कारण परलौकिक शक्ति बताउँछन् । अमेरिकी स्पेस एजेन्सी नासाले यो रहस्यको पोयो खोल्नका लागि अनुसन्धान गरिसकेको छ ।

    हुन त यो विषयमा विभिन्न वैज्ञानिकले आ–आफ्ना धारणा व्यक्त गरेका छन् तर यसबारे सटिक निष्कर्ष कसैले पनि निकाल्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij