आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतबाट कोरोनाविरुद्धको खोप ल्याउने तयारी

  • प्रकाशित मिति : शुक्रबार, पुस २४, २०७७



  • काठमाडौं। कोरोनाविरुद्धको खोप भारतबाट ल्याउन नेपालले तयारी गरेको छ। भारतलाई यसअघि नै कूटनीतिक नोटमार्फत खोपका लागि सहयोग मागेको नेपालले खोप विकास गरिरहेको कम्पनीसँग पनि छलफल अघि बढाएको छ।

    दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले खोपका लागि भारतीय कम्पनीहरुसँग छलफल गरिरहेका छन्। दिल्लीस्थित दूतावासका अनुसार शुक्रबार राजदूत आचार्यले कोभिशिल्ड खोप विकास गरेको सिरम इन्टिट्यूट अफ इण्डियाका महाप्रवबन्धक प्रासेन अदयसँग छलफल गरेका छन्। राजदूत आचार्य र सिरमका महाप्रबन्धकबीच भिडियो कन्फ्रेन्सका माध्यमबाट नेपालमा खोप उपलब्ध गराउनेबारे छलफल भएको दूतावासले जनाएको छ। तर, सिरमले के जवाफ दियो भन्ने विषयमा भने दूतावासले केही खुलाएको छैन।

    भारतमा आपतकालिन उपयोगका लागि सिरमले विकास गरेको कोभिशिल्डले अनुमति पाइसकेको छ। तर, भारत सरकारले खोप निर्यातमा भने प्रतिबन्ध लगाएको छ। त्यसैले नेपालले भारतबाट कसरी खोप ल्याउँछ भन्ने विषय यकिन भएको छैन।

    तर, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति सार्वजनिक भएपछि राजदूत आचार्यले गरेको यो छलफलले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा केही सहमति बन्न सक्ने सम्भावना बढेको जानकारहरुले बताएका छन्। भारतमा अनुमति भएको कोभिशिल्ड ७० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दावी गरिएको छ। तर, भारतमा विकसित खोपबारे भारतमै विवादसमेत भइरहेको छ। खोपको परीक्षणबारे भारतमा प्रश्न उठाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij