आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भ्यालेन्टाइन डेमा श्रीमती घुमाउन लैजाँदा अभिनेता विवेक ओबरोयविरुद्ध मुद्दा

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ८, २०७७



  • काठमाडौं। बलिउड अभिनेता विवेक ओबरोयविरुद्ध मुद्दा परेको छ । भ्यालेन्टाइन डेमा श्रीमती प्रियंका अल्वालाई मोटरसाइकलमा घुमाउन लिएर गएका विवेकविरुद्ध सोही कारण मुद्दा परेको हो । विवेकले श्रीमतीलाई घुमाउन लैजाँदाको भिडियो पनि शेयर गरेका थिए र अहिले यही भिडियोले उनको लागि समस्या सृजना गरेको छ । विवेकले बिना हेल्मेट मोटरसाइकल चलाएको र कोरोना गाइडलाइनको समेत उल्लंघन गरेको आरोपमा मुद्दा परेको छ । हेल्मेट नलगाएकोमा उनलाई ५ सय जरिवाना तिराइएको छ ।

    विवेकमाथि कोरोना गाइडलाइन तोडेको आरोप पनि छ । भिडियोमा विवेक र प्रियंका दुवैले मास्क लगाएका छैनन् । विवेकविरुद्ध आइपीसी धारा १८८ र २६९ अन्तर्गत एफआइआर दर्ता गरिएको छ । विवेकले शेयर गरेको भिडियोमा फ्यानहरुले पनि उनलाई सुझाव दिएका थिए । फ्यानहरुले विवेकले हेल्मेट नलगाएको कुरा उठाउँदै सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij