आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतले आक्रामक हुँदै सीमामा थप ५० हजार सैनिक पठायो, चीनले दियो यस्तो प्रतिक्रिया

  • प्रकाशित मिति : मङ्लबार, असार १५, २०७८



  • काठमाडौं। भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा थप ५० हजार सैनिक पठाएको छ । यो विश्वकै दोस्रो अर्थतन्त्रविरुद्ध भारतको ऐतिहासिक आक्रामक सैन्य कदम हो । गत वर्ष सीमामा दुवै तर्फका दर्जनौं सैनिकको ज्यान जाने गरी झडप भएपछि अहिले यी दुई देशबीचको तनाव बढेको छ । यस्तोमा भारतको यो कदमले थप तनाव बढाउन सक्ने मानिएको छ । यसअघि पाकिस्तानप्रति आक्रामक रहने भारतले गत वर्षको झडपपछि इस्लामाबादसँगको तनाव कम गरेर बेइजिङलाई काउन्टर दिनेतर्फ ध्यान केन्द्रित गर्ने प्रयास गरिरहेको छ ।

    ब्लुमबर्गले यस विषयसँग सम्बन्धित ४ जनालाई उद्धृत गर्दै जनाएअनुसार अनुसार पछिल्ला केही महिनायता भारतले चीनसँग विवादित प्रमुख तीन सीमा क्षेत्रमा सैनिक र फइटर जेट स्क्वाड्रन पठाइरहेको छ । तीमध्ये २ जना व्यक्तिले बताएअनुसार अब सीमामा भारतका २ लाख सैनिक छन् । यो संख्या गत वर्षको तुलनामा ४० प्रतिशत वृद्धि हो । ब्लुमबर्गले यस विषयमा प्रतिक्रिया माग्दा भारतीय सेना र नयाँ दिल्लीस्थित प्रधानमन्त्रीको कार्यालयका प्रवक्ता दुवैले प्रतिक्रिया दिन अस्वीकार गरे ।

    यसअघि सीमामा भारतीय सेनाको मुख्य लक्ष्य चिनियाँ गतिविधिहरु रोक्नेमा केन्द्रित थियो । तर, यो थप तैनाथीले भारतीय सेनाका कमाण्डरहरुलाई आवश्यक परेमा चिनियाँ क्षेत्रमा आक्रमण र कब्जा गर्न पनि विकल्प दिनेछ । सैन्य भाषामा यो रणनीतिलाई ‘आक्रामक रक्षा’ भनिने तीमध्येका एक व्यक्तिले बताए । यससँगै अब भारतीय सेनासँग सैनिकलाई एक उपत्यकादेखि अर्को उपत्यकासम्म एयरलिफ्ट गर्न धेरै हेलिकप्टरका साथै एम ७७७ लगायतका आर्टिलरी हतियारहरु पनि उपलब्ध भएका छन् ।

    सीमा क्षेत्रमा चीनले कति सैनिक तैनाथ गरेको छ भन्ने स्पष्ट छैन । हालै चीनको जनमुक्ति सेनाले थप बल तिब्बतबाट शिनजियांग मिलिट्री कमाण्डमा ल्याएको भारतले पत्ता लगाएको थियो । यो मिलिट्री कमाण्डले नै हिमालय क्षेत्रका विवादित सीमा क्षेत्रमा गस्ती र पट्रोलिङको नेतृत्व गर्छ । यस क्षेत्रमा चीनले थप रनवे बिल्डिङ, बम प्रतिरोधी बंकर, सहित फाइटर जेटका लागि एयरफिल्ड समेत बनाइरहेको छ । चीनले यहाँ लामो दूरीका आर्टिलरी, ट्यांक, रकेट रेजिमेन्ट र २ इन्जिन फाइटर जेट पछिल्ला केही महिनामा थपेको स्रोतले बतायो ।

    उता चीनले भने भारतलाई सीमा तनाव कम गर्ने खालका कदम चाल्न आग्रह गरेको छ । ‘चीन र भारतको सीमा क्षेत्रको अवस्था अहिले सामान्यतया स्थिर छ र दुवै पक्ष सीमाका समस्या समाधान गर्नको लागि छलफल गरिरहेका छन्’ चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार बेइजिङमा भने ‘यो अवस्थामा संवाद, कार्य, सेनाको तैनाथी र राजनैतिक नेताहरुले यो अवस्था हटाउन प्रयास गर्नुपर्छ । दुवै पक्षबीच विश्वासको वातावरण बनाउनु पर्छ नकि विपरित बाटो लिनुपर्छ ।’

    चीन र भारतबीच भएका पछिल्ला कैयौं चरणका वार्तामा अत्यन्तै न्यून प्रगति भएको अवस्थामा यी पछिल्ला घटनाले अझै खतरनाक द्वन्द्व हुन सक्ने त्रास बढाएको छ । ‘सीमाका प्रोटोकलहरु तोडिएका बेला दुवै पक्षका यति धेरै सैनिकहरु सीमामा हुनु निकै जोखिमपूर्ण कुरा हो’ भारतका उत्तरी सैन्य कमाण्डर रहिसकेका लेफ्टिनेन्ट जनरल डिएस हुडाले भने ‘दुवै पक्षले विवादित सीमा क्षेत्रमा आक्रामक रुपमा पट्रोलिङ गर्ने देखिएको छ । एउटा सानो स्थानिय घटनाले पनि अप्रत्याशित परिस्थिति निम्त्याउन सक्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij