आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कर्णाली नदीमा डुंगा पल्टिँदा १० दिने शिशुसहित तीन जना बेपत्ता

  • प्रकाशित मिति : आइतवार, साउन १७, २०७८



  • कैलाली, साउन १७ । कैलालीस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने दुई जनालाई गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको छ ।

    उनीहरु सबै मोहन्याल गाउँपालिका– ३ रागाँ मलेखाबाट कर्णाली नदी पारी सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा कोरोना विरुद्धको खोप लगाउन हिडेका थिए ।

    डुंगा नदीमा डुब्दा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, उर्मिला सलामी मगर र उनको साथमा रहेको १० दिने बालक बेपत्ता भएका हुन ।

    उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १९ वर्षीया धनसरा सलामी मगर र उनको एक महिनाको छोरा कर्ण सलामी गम्भीर घाइते भएको बताइएको छ ।

    डुंगामा सवार १० जनामध्ये पाँच जना सकुशल रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले जनाएको छ । स्थानीयले खबर गरेपछि ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीको टोली घटनास्थलमा खटिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij