आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भारतमा एक नेपालीको मृत्यु

  • प्रकाशित मिति : आइतवार, साउन १७, २०७८



  • closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

    रोल्पा — रोजगारीका सिलसिलामा भारत जाँदै गरेका रोल्पाका एक जनाको ज्यान गएको छ । पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँका ५० वर्षीय चित्रबहादुर खत्रीको साउन १२ मा दक्षिण भारतस्थित तमिलनाडुमा रेलबाट खसेर ज्यान गएको वडा अध्यक्ष केशव कुँवरले बताए ।

    एक साताअघि घरबाट भारतको केरलास्थित कोचिन जान हिँडेका खत्री दिल्लीदेखि केरला चल्ने रेलबाट खसेका थिए । भारतस्थित नेपाली मजदुरहरुको संस्था मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अनुसार चलिरहेको रेलबाट तमिलनाडुको तिरुप्पुर नजिक खस्दा खत्रीको घटनास्थलमै ज्यान गएको थियो ।

    वडा अध्यक्ष कुँवरका अनुसार दिल्लीसम्म गाउँबाट साथै गएका ४/५ जनासँगै रहेको तर त्यसपछि उनीहरु आ–आफ्नो गन्तव्य पुग्न छुट्टिएको खबर घरसम्म आइपुगेको हो । उक्त घटनाबारे भारतीय प्रहरीले नेपालस्थित खत्रीको घरसम्म खबर पठाएको थियो ।

    दुई दिनपछि भारतस्थित नेपाली मजदुरहरुको संस्था मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्यहरुको सक्रियतामा मृतक खत्रीको अन्तिम दाहासंस्कार गरिएको थियो । त्यसअघि प्रहरीले मुचुल्का संकलन र अस्पतालमा पुर्‍याइ पोस्टमार्टमसमेत गरेको थियो । खत्रीका श्रीमतीसहित चार सन्तान छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij