आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रुख ढलेर किच्दा उदयपुरमा महिलाको मृत्यु, तीन गम्भीर घाइते

  • प्रकाशित मिति : शनिबार, साउन २३, २०७८



  • उदयपुरगढी गाउँपालिका-७ मा शनिबार दिउँसो ३ बजे जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्।

    मृत्यु हुनेमा कटारी नगरपालिका-४ का २८ वर्षीया निशा मगर दनुवार रहेकी छन्। त्यस्तै, घाइते हुनेमा कटारी-४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटारी-५ का २८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

    मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी-७ को जङ्गलमा पर्ने अँधेरी झर्ना हेर्नका लागि मृतक महिला र अन्य तीन जना मोटरसाइकलमा सवार भएर कटारीबाट उदयपुरगढी आएको प्रहरीले जनाएको छ।

    दिउँसो बढी गर्मी भएका कारण मृतक महिला उदयपुरगढीको अँधेरी झर्ना घुम्न आउने व्यक्तिले रोकिराखेको प्रदेश नम्बर २-०१०-१ त०५६० नम्बरको अटोको सिटमा केही समयका लागि बसिरहेकी थिइन्।

    अन्य व्यक्ति सडकभन्दा केही पर बसिरहेका बेला रुख अचानक ढल्दा किचेर अटोमा बसेकी महिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

    घटनालगत्तै इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरेपछि अहिले आफन्तले शव कटारी लगेका छन् भने गम्भीर घाइते भएकालाई उपचारका लागि विराटनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij