आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पशुपति क्षेत्रमा घट्न थाले भक्तजन

  • प्रकाशित मिति : मङ्लबार, साउन २६, २०७८



  • काठमाडाैं। साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन्। तेस्रो सोमबारसम्म मन्दिर खुला हुने आशामा पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो।

    पछिल्लो समय दैनिक रुपमा नयाँ भेरियन्टसहितको कोरोनाका सङ्क्रमित बढ्न थालेको र अस्पतालमा बिरामीको चाप बढ्न थालेसँगै पशुपति क्षेत्रमा पनि साेमबार भक्तजनको सङ्ख्या साउनका विगतका सोमबारका तुलनामा कम देखिएको हो।

    पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा मन्दिर खोल्न नसकिने अवस्था भएपछि पशुपति क्षेत्रमा सामान्य अवस्थाकै जस्तो भक्तजन आएको बताउँछन्।

    यस वर्ष साउनमा पाँच वटा सोमबार परेको थियो। साउन ३२ गते अन्तिम सोमबार परेको छ। साउने सोमबारको व्रत लिने महिला भने अन्य शिव मन्दिरमा जम्मा भएका थिए। राजधानीको टोलटोलमा रहेका शिव मन्दिरमा विशेषगरी महिलाको भीड लागेको थियो। साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य, पारिवारिक सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

    धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम भने साउन महिना र सोमबार छिटो खुसी हुने भगवान् शिवको महिना भएकाले महिला, पुरुष दुवैले व्रत लिने शास्त्रीय विधान रहेको बताउँछन्।

    साउनमा महिनामा भगवान् शिवलाई जलधारामात्र चढाएमा पनि प्रसन्न हुने शास्त्रीय वचन छ। यसैले यस महिनामा बोल बम यात्रा गरी भगवान् शिवका मन्दिरमा जल चढाउने परम्परा बसेको हो। कोरोनाका कारण यस वर्ष वाग्मतीको शिरोभाग सुन्दरीजलबाट पशुपतिसम्म हुने बोल बम यात्रा पनि हुन सकेको छैन।

    केही भक्तजनमात्र सवारी साधन प्रयोग गरेर बोल बम यात्रा गरिरहेको भेटिन्छन्। कोरोनाअघि साउन महिना २० लाखसम्म भक्तजनले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउँथे।

    देशका अन्य शिव मन्दिरमा पनि आज भक्तजनले स्वास्थ्य सुरक्षाका विधि अपनाएर बाहिरबाट भएपनि दर्शन गरेका छन् । खुलेका मन्दिरमा भक्तजन भौतिक दूरी कायम गरी लाममा बसेका थिए।

    नखुलेका मन्दिरमा भने बाहिरबाट पूजा, आराधना गरी हिँडेका देखिन्थे। यसैगरी राजधानीका गोकर्णेश्वर, डोलेश्वरलगायत मन्दिर प्रवेश गर्ने स्थलभन्दा वरदेखि नै प्रहरीले मन्दिर बन्द रहेकाले दर्शन गर्ने व्यवस्था नभएको भन्दै फर्कन आग्रह गरेको देखिन्थ्यो। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij