आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा दैनिक सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुने थोरै

  • प्रकाशित मिति : शुक्रबार, भदौ १८, २०७८



  • नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएको छ। पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३४ हजार ७९१ जना मात्रै सङ्क्रमणमुक्त भएका छन्।

    सोही अवधिमा ३६६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृतकको सङ्ख्या अघिल्लो दिनको भन्दा थोरै हो । सङ्क्रमण सबैभन्दा धेरै केरला राज्यमा फैलिएको छ । देशभरीको बाँकी भागमा भन्दा केरला राज्यमा अत्यधिक धेरै रहेको देखिएको छ।

    सरकारी अधिकारीले दिएको पछिल्लो विवरणअनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ३२ हजार ९७ जना नयाँ सङ्क्रमित थपिएका छन्। भारतमा अहिलेसम्म चार लाख ३९ हजार ८९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २९ लाख तीन हजार २८९ पुगेको छ।

    ती मध्ये तीन लाख ९९ हजार ७७८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij