आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

तीन वर्षीया बालिका मृत फेला प्रकरण : जङ्गली जनावरले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान

  • प्रकाशित मिति : मङ्लबार, भदौ २९, २०७८



  • गत आइतबार बिहान गुल्मीको बाँझकटरीको झाडीमा मृत फेला परेकी ३ वर्षीया बालिकाको मृत्यु जङ्गली जनावरको आक्रमण भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । घटनास्थलमा पुगेका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले चितुवालगायतको जङ्गली जनावरले आक्रमण गरेर मारेको हो कि भन्ने प्रारम्भिक बुझाइ रहेको बताए । ‘केही दिन त्यस टोलमा चितुवाले वटा बाख्रा र एउटा कुकुर मारेको भन्ने बुझिन आएको छ । तै पनि हामीले विभिन्न कोणबाट थप अनुसन्धान जारी राखेका छौँ,’ डिएसपी पाण्डेले भने ।

    उनका अनुसार बालिकाको जुत्ता शव रहेको स्थानभन्दा केही तल फेला परेको थियो । जुत्ता भएको स्थानबाट माथि शव रहेको स्थानसम्म बालिका हिँडेर जान सक्ने अवस्था छैन । उनी पञ्चमी पूजाको मेलामा जानुअघि आमाले चिटिक्क सजाएर लगाई दिएको कपडा जस्ताको त्यस्तै देख्न सकिन्छ ।

    त्यस दिन उनको आमा माइती मै थिइन् । हजुर आमा र बहिनीसँग पञ्चमी पूजामा गएका उनका जेठा छोरा घर फर्किएका थिए । दुई सन्तानसहित आमा मनीषा पोखरेल केही समययता माइती मै बस्दै आएकी थिइन् । उनका श्रीमान् भारतको मुम्बईबाट सोमबार घर आइपुगेका छन् ।

    यता परिवारजनले भने घटना शङ्कास्पद भनेका छन् । बालिका आइतबार बिहान करिब साढे सात बजेको समयमा घरदेखि करिब ५ सय मिटर दुरीको झाडीमा मृत फेला परेकी थिइन् । शनिवार बिहान हजुर आमा भुसाल र दाजुसँगै पञ्चमीको पूजा गर्ने स्थानमा खेलिरहेकी बालिका बेपत्ता भएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij