प्रकाशित मिति : शनिबार, अशोज २, २०७८
बिनिता शर्मा,काठमाडौ ।अहिलेको तडक भडकको समयमा काठमाडौ चन्द्रागीरी नगरपालिका नैकाप निवासी युवा समाजसेवी देबेन्द्र प्रधानले आफ्नो जन्मदिनको अबसरमा विभिन्न स्थानमा पुगी असहाय र गरिबहरुलाई सहयोग गर्नुको साथै रक्तदान समेत गर्नु भएको छ।

प्रधानले चन्द्रागिरि कला सांस्कृतिक संघले आयोजना गरेको रक्तदान कार्यक्रममा आफ्नो जन्मदिन पावन अबसरमा १५ औँ पटक रक्तदान गर्नु भएको हो। उहाँले सबैभन्दा महत्वोपुर्ण कुरा जीवन हो त्यो बचाउन रक्तदान नै जीवन दान ठान्दै रक्तदान गरेको र त्यो पुण्यको काम रहेकोे उहाँले भन्नुहुन्छ ।

सोही अबसरमा बृद्धाश्रम र आश्रमहरुमा बस्ने बा आमाहरुलाई सहयोग गर्नु भएको छ। माता तिर्थ बृद्धाश्रम रहेका बा आमाहरुको मुखमा मुस्कान आओस् भन्ने सोचले उहाँले आर्थिक सहयोग गर्नुभएको हो।

प्रधानले जन्मोत्सवमा महंगो पाँचतारे होटलमा गएर मंहगो पेय पदार्थ ख्वाएर खर्च गर्नु भन्दा समाजमा दु: खी र खान नपाएका हरुलाई खान दिए पुण्य मिल्ने उहाँ धारणा छ।

प्रधानले एकपाईला आफ्नो लागि हो भने अर्को पाईला समाजलाई सहयोग गर्ने सोच राख्ने हो भने समाज परिबर्तन हुन् समय नलाग्ने कुरा प्रधानले बताउँनु भयो।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij