आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

“एक लाख धारा जडान गर्ने छौंँ”- आचार्य

  • प्रकाशित मिति : आइतवार, अशोज १७, २०७८



  • काठमाडौं । एक वर्षभित्र एक लाख खानेपानीको धारा जडान गरिने गण्डकी प्रदेश ऊर्जा, खानेपानी तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले बताएका छन्।

    गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुविधा दिन आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको भन्दै उनले गण्डकीका ११ जिल्लामा एक वर्षभित्रमा एक लाख धारा जडान गरिसक्ने योजना रहेको बताए ।गण्डकी प्रदेश सरकारले बागलुङमा सुरु गरेको लामाचौर, रमेटार लिफ्टिङ खानेपानी आयोजनाको अनुगमन गर्दै मन्त्री आचार्यले एकै पटक स्रोत साधन नपुग्ने हुँदा प्राथमिकताका आधारमा क्रमागत योजनाहरु पूरा गरिने बताए। “पहिले आधारभूत तहको खानेपानी पुर्याउने हाम्रो लक्ष्य हो, त्यसपछि स्वच्छ खानेपानी पुर्याउँछौँ”, उनले भने, “मन्त्रीसँग जनता, समस्या समाधानका लागि मन्त्रालय अभियानमा लागेका छौँ ।”

    उनले मन्त्रालय कम र सर्वसाधारणका समस्या समाधानमा बढी समय खर्चिने आफ्नो मन्त्रालयको अभियान रहेको जानकारी गराए। “अहिले पनि हामी कुवाको धमिलो पानी खाइरहेका छौँ, यो दुर्भाग्य हो,” उनले भने, “कोभिड लगायतका कारण सरकारी ढिकुटी कम भयो, स्रोत जुटाएर हामी घरघरमा पानी पुर्याउने अभियान सफल पार्छौं ।”उनले लिफ्टिङ खानेपानी र सिँचाइका योजनाका लागि विद्युत् निःशुल्क बनाउन सरकारी स्तरबाट पहल भइरहेको बताए। “पानी र सिँचाइका लागि आवश्यक विद्युत्को बिल स्थानीय तहले तिरेका छन्, आखिर जुन तहले तिरे पनि सरकारी खर्च नै हो,” उनले भने, “सहकार्य गरेर विद्युत् निःशुल्क गर्दा सबैलाई फाइदा हुन्छ ।”

    मन्त्री आचार्यले सङ्घीयताको मर्म पनि जनतासँग प्रत्यक्ष गएर सरकारको अनूभूति दिलाउने भएकाले आफूहरुले घुम्ने कुर्चीमा नभई जनताको आँगनमा पुगेर अवस्था हेरी प्रक्रिया अगाडि बढाउने बताए। उनले थालिएका योजनाहरु पूरा गराउन र नयाँ योजनाहरुको आवश्यकता हेरी सुरुआत गरिने समेत जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij