आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मकवानपुर–चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्रता

  • प्रकाशित मिति : मङ्लबार, अशोज १९, २०७८



  • जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तिव्रता दिएको छ । चाडपर्वमा मौका पारी बजारमा अत्यधिक मुल्यवृद्धि तथा कृत्रिम अभाव र अस्तव्यस्त बजारलाई लक्षित गर्दै प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले सकृय रुपमा बजार अनुगमन गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    समितिले आज हेटौंडा उपमहानगरपालिका सहित लगायत अन्य स्थानीय तहका ९५ वटा खाद्यान्न तथा किराना पसल,होटल,रेष्टुरेन्ट र औषधी पसलमा अनुगमन गरेको छ । जसमध्ये ५७ वटा खाद्यान्न तथा किराना पसल रहेका छन् । सो व्यवसायको अनुगमन गर्दा खरिद बिल पेश नगरेको एक पसललाई १५ हजार रुपैंया जरिवाना गरिएको जिप्रका मकवानपुरका प्रशासकिय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी दिए ।
    अन्य पसललाई भने मुल्य सूची प्रष्ट ठाउँमा राख्न साथै ग्राहकलाई बिल दिन र भिडभाड नगरि माक्स समेत प्रयोग गर्न सुझाव दिएको उनले बताए ।

    त्यस्तै समितिले एक होटललाई दश हजार रुपैयाँ जरिवाना गरेको छ । समितिले जिल्लाका २७ वटा होटल,रेष्टुरेन्टको अनुगमन गर्दा सरसफाई र मूल्यसूची नराखेको भन्दै सो होटललाई जरिवाना गरिएको प्रशासकीय अधिकृत न्यौपानेले बताए । साथै अनुगमन समितिले फर्मासिष्ट नराखी औषधी विक्री गर्ने एक औषधी पसलमा ताला लगाइएको र एक औषधी पसललाई १५ हजार रुपैंया जरिवाना गरिएको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij