प्रकाशित मिति : मङ्लबार, अशोज २६, २०७८
सुर्खेत ।
मुगुमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ। मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अहिलेसम्म २३ जनाको मृत्यु भएको जानकारी दिए। ‘बस क्षतविक्षप्त अवस्थामा छ। अहिलेसम्म २३ जनाको मृत्यु भएको खबर छ’, उनले भने। मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरी निरीक्षक जीवन लामिछानेले बताए। कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार गाडीमा ३९ जना सवार थिए। ‘घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भइरहेको छ,’ उनले भने, ‘जिल्लाबाट प्रहरी टोली जाँदैछ।’ अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।
उद्दारको लागि सशस्त्र, नेपाल प्रहरी, स्थानीयबासी खटिएका छन्। दुर्घटनामा परेकाहरूको उद्दार गरी अस्पताल लगिँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
आधा भन्दा बढीलाई अस्पताल पुर्याउने क्रम जारी छ। घाइतेहरूको संख्या धेरै छ। मृत्युको खबर जिल्ला अस्पतालले प्रमाणित गर्ला, उनले भने, दुर्घटना सिरियस देखिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij