आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दसैँ मनाउन नसक्ने विपन्न ३८ परिवारलाई खाद्य सामग्री प्रदान

  • प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८



  • काठमाडौं । अतिविपन्न र दसैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोग खाद्य सामग्री प्रदान गरिएको छ ।

    कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खसीको मासुसहित चामल, दाल, तेल, नुन लगायतका सामग्री सहयोग गरिएको हो ।

    पोखरा प्रदर्शनी केन्द्रबाट ती सामग्री हस्तान्तरण गरिएको थियो । पोखरा महानगरपालिकाका २४ देखि ३३ सम्मका वडाका ३८ विपन्न परिवारलाई गण्डकी टेलिभिजनका सञ्चारकर्मी अपिल त्रिपाठीमार्फत सामग्री मङ्गलबार ती सामग्री हस्तान्तरण गरिएको हो ।

    उहाँले प्रत्येक वडाका वडाध्यक्षसँग परामर्श तथा समन्वय गरी गरीब परिवार छनोट गरिएको जानकारी दिनुभयो । यसअघि अक्सिजन सिलिण्डरको व्यवस्थापनको लागिसमेत सहयोग रकम पठाइएको थियो ।

    तर अस्पतालमा पछिल्लो समय अक्सिजन समस्या नरहेको भन्ने जानकारी अस्पतालबाट आएपछि सो रकम खर्च भएको थिएन । सोही रकमबाट सहयोग सामग्री हस्तान्तरण गरिएको सञ्चारकर्मी त्रिपाठीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij