आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जुम्लामा एउटै भेडाको मुल्य ४५ हजार

  • प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८



  • जुम्ला । जुम्लामा यसवर्षको दसैंमा भेडाको मुल्य आकाशियको छ । यहाँ एउटै भेडा ४५ हजार रुपैयाँ सम्ममा बिक्री भएको छ ।

    पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका अनुसार यस वर्ष दसैँमा जुम्लामा भित्रिएका भेडा न्युनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ सम्मका छन् । यस वर्ष जुम्ला ल्याएका भेडा बाजुरा, जाजरकोट लगायत जिल्लाका हुन् ।

    जुम्लाका भेडा व्यवपारी प्रेम कार्कीका अनुसार यसवर्ष जुम्लामा ल्याइएका भेडा बाजुराका हुन् । जुम्लामा भेडा नपाएपछि बाजुरा पुगेर ल्याएको उनले बताए । जुम्लामा मासुको माग बढ्दै जानु, तर उत्पादन नहुनुले भेडाको मुल्य आकाशिएको हो । अहिले जुम्लामा एक किलो मासुको एक हजार रुपैयाँ पर्न थालेको छ । कर्णाली प्रदेश सरकारले पनि जुम्लालाई मासु र दुधमा आत्मानिर्भर बनाउन विभिन्न अनुदानका कार्यक्रम दिँदै आएको छ । तर सरकारी रकम सक्नका लागि अरुकै भेडा देखाएर अनुदान खाने प्रवृत्तिका कारण पशुवस्तु क्षेत्रको उत्पादन भने अनुसार वृद्धि नभएको नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन् । उनले भने, ‘अनुदान दिइन्छ त्यसपछि अनुगमन हुँदैन । सरकारले दिने अनुदानका कार्यक्रममा कडा निगरानी हुन आवश्यक छ ।’

    पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोविन्द महतका अनुसार जुम्लामा आवश्यकताभन्दा बढी भेडा भित्रिएका छन् । ‘विगतका दसैँमा भेडा पाउन नागरिकलाई हाम्मे हाम्मे हुने गर्थ्यो । तर यस वर्ष धेरै भेडा भित्रिए ।’ उनले भने, ‘मुल्यले चाहीँ ३०–४० प्रतिशत बढेको छ।’ अहिले जुम्लामा जिउँदो खसीको मूल्य प्रतिकेजी एक हजार रुपैयाँ छ । उनले भने, ‘त्यहीँ भएर पनि मुल्य नियन्त्रण भन्दा बाहिर छ । भेडा तथा खसीको मुल्य निर्धारण गर्ने अधिकार स्थानीय तहसँग छ । स्थानीय तह मौन हुँदा मूल्य निर्धारण हुन सकेको छैन ।’

    व्यवसायीलाई ढुवानी मापदण्ड पालना गरेर खसी–बोका ओसारपसार गर्न, मुल्य अनियन्त्रित नगर्न समेत निर्देशन दिने निकाय नै बेखबर भएपछि यसवर्ष भेडाको मुल्य बढेको स्थानीय भैरबहादुर कठायतले बताए । उनका अनुसार जुम्लामा भित्रिएका भेडा सामान्य नागरिकले किन्न सक्ने मुल्यका छैनन् । यसअघिका वर्षमा २० हजारमा पाइने भेडा यसवर्ष ४५ हजार तिर्नुपरेको उनको भनाइ छ ।

    जुम्लामा फूलपातीको दिनमा धेरै भेडा बिक्री हुने गर्छ । यस्तै अष्टमीको दिनमा पनि भेडा बिक्री हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij