आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ताप्लेजुङमा जिप दुर्घटना, १० घाइते

  • प्रकाशित मिति : बिहिबार, अशोज २८, २०७८



  • ताप्लेजुङ — सदरमुकाम फुङलिङबाट सिरिजंगा गाउँपालिका ४ तेल्लोक जाँदै गरेको मे १ ज २०५६ नम्बरको बलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

    तीमध्ये ७ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङले सुविधा सम्पन्न अस्पतालमा लैजान रेफर गरेको छ । फुङलिङ नरपालिका ४ का ३८ वर्षीय चन्द्र बस्नेतको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ ।

    फुङलिङ नगरपालिका ७ दोखु ल्याङवाको पुछार ट्रनिङमा जिप सडकबाट तल झरेको हो । प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएर झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ‘जिपमा १८ जना यात्रु थिए,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक राकेश यादवले भने, ‘सबै १८ जना नै घाइते भए, उनीहरुलाई कुनै न कुनै घाउ चोटपटक लागेको छ, तीमध्ये १० जनाचाही अलिक गम्भीर घाइते छन् ।’

    ८ जना सामान्य उपचारपछि फर्किएको यादवले जानकारी दिए । यादवका अनुसार जिपमा फुङलिङ नगरपालिका ४ का चन्द्र, ३१ वर्षीया नमुना बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत, ७ वर्षीय रोमन बस्नेत सवार थिए । यही वडामा बस्दैआएका ६७ वर्षीय अत उल्लाह, ३८ वर्षीय सजाद अली र १७ वर्षीय अब्दुल करी पनि जिपमा सवार थिए ।

    सिरिजंगा गाउँपालिका ६ का २६ वर्षीया प्रमिला लिम्बू उनका ५ वर्षीय छोरा ससिहाङ मावो र २ वर्षीय फुङसामा मावो सवार थिए । यही वडाका २५ वर्षीया विमला लिम्बू, उनका ४ वर्षका छोरा रिजन लिम्बू, सिरिरजंगा ८ का ३० वर्षीय सन्त मावो लिम्बू, ३८ वर्षीय पदम लिम्बू, २३ वर्षीय राजकुमार दर्जी र मिक्वाखोला गाउँपालिका ३ का डेबिड लिम्बू जिपमा सवार थिए ।

    जिप चालक फुङलिङ नगरपालिका ८ का ३८ वर्षीय डिल्ली बिक्रम सुनुवार र जिप मालिक सिरिजंगा गाउँपालिकाका सञ्जिव मावो पनि घाइते भएको यादवले जानकारी दिए । जिप सडक नजिकै रुखमा अल्झिएका कारण ठूलो दुर्घटनाबाट बचेको स्थानीयहरुले बताएका छन् । ल्याङवा क्षेत्रमा यसअघि पनि पटक/पटक सवारी दुर्घटना भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij