आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पाँचथरमा बाढीपहिरोले ज्यान गुमाएका मध्ये १७ जनाको सनाखत

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७८



  • पाँचथर — जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोमा ज्यान गुमाएका २७ मध्ये १७ जनाको सनाखत भएको छ । पहिरोमा सबैभन्दा धेरैको ज्यान गएको मिक्लाजुङ गाउँपालिकामा १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । पहिरोबाट थप ९ जनाको शव निकालेर पहिचान गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए ।

    हालसम्म मिक्लाजुङ–५ का ३६ वर्षीय विष्णुप्रसाद लावती, ५५ वर्षीया भद्रमाया लावती, ३६ वर्षीय सन्दीप लावती, १७ वर्षीया अनिशा चोङवाङ, २८ वर्षीय प्रताप चोङवाङ, ६५ वर्षीय पदमसिंह चोङवाङ, ३१ वर्षीय सुरज चोङवाङ, ७६ वर्षीय नरबहादुर लावती, ९ महिनाकी आकांक्षा लावती, मिक्लाजुङ–४ का २९ वर्षीय बबिन राई, ६० वर्षीय साहिला मगर र २७ वर्षीया दिवाना राईको शव पहिचान भएको हो ।

    बुधबार पहिरोमा पुरिएर ज्यान गुमाएका फिदिम–४ की २५ वर्षीया ममता मगर, ४ वर्षीय रोयल मगर, कुम्मायक–२ का ४० वर्षीय डम्बरकुमारी शेर्मा, मिक्लाजोङ–४ का ६५ वर्षीय धनबहादुर लावती र फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्बा तामाङको हिजै पहिचान गरिएको प्रहरीले जनाएको छ ।

    पहिरोका कारण मेची राजमार्ग, कोसी करिडोर र मध्य पहाडी लोकमार्गसहितका सडक अवरुद्ध छन् । ठाउँठाउँमा पहिरो र ढिस्को खसेका कारण अवरुद्ध सडक खुलाउन पहल थालिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij