आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बोलेरो दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७८



  • काभ्रे — भुम्लु–५ मा भएको बोलेरो दुर्घटनामा चौरीदेउराली–४ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठले चलाएको बा२१च ९२१० नम्बरको बोलेरो भुम्लुको सल्लेस्थित कालोभीरमा दुर्घटना भएको थियो ।

    दोलालघाटबाट कुखुराको दाना, टीभी, फ्रिजलगायतका सामान बोकेर गएको बोलेरो बुधबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो । चालक दसैं बिदामा घर गएका कारण सवारी धनी श्रेष्ठले सो दिन आफैं सामान गाउँ लैजाँदै थिए । श्रेष्ठबाहेक अरू सवार नभएको र दुर्घटना स्थल खोंचमा भएकाले अरूले ढिला थाहा पाएका थिए । उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका उनको बिहीबार बिहान १ बजे मृत्यु भएको प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij