प्रकाशित मिति : शनिबार, कार्तिक २०, २०७८
कञ्चनपुर,२० कात्तिक । कञ्चनपुरमा ७ फिट लामो लोपउन्मुख अजिङ्गर फेला परेको छ। जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोट दशगजामा उक्त अजिङ्गर फेला परेको हो। स्थानीयले फेला पारेको उक्त अजिङ्गरलाई सशस्त्र प्रहरी बलले उद्वार गरेको छ।
उद्वार गरेर अजिङ्गरलाई कुन्डा सव डिभिजन वन कार्यालय पचकढीयालाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij