आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आप्रवासी समस्याको मास्टरमाइन्ड पुटिन : पोल्याण्ड

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७८



  • एजेन्सी । पोल्याण्डले आफ्नो सिमामा देखिएको आप्रवासी समस्याको पछाडी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएको छ।

    पोल्याण्डका प्रधानमन्त्री म्याट्युज मोरावेज्कीले बेलारुससँगको सिमा नाकामा अवैध आप्रवासीहरु ओइरीनुमा पुटिनको कसुर औल्याएका हुन् । पुटिनसँग निकट रहेको बेलारुसका राष्ट्रपति अलेक्जेडर लुकासेन्कोले आप्रवासीहरुलाई आफ्नो मुलुकबाट पोल्याण्ड हुँदै युरोपका अन्य दशेहरुमा छिर्न उक्साएको उनको आरोप छ ।

    तर यो घटनाको मास्टरमाइन्ड भने रुसी राजधानी मस्कोमा रहेको पोल्याण्डको आक्षेप छ । पोल्याण्डसँगको सिमा नाका बेलारुसमा झण्डै दुई हजार आप्रवासी अहिले पनि पोल्याण्ड छिर्ने दाउ कुरेर बसेका छन् ।

    पोल्याण्डले भने आप्रवासीको प्रवेश रोक्न सिमामा सेना परिचालन गरेको छ । युरोपेली युनियनले बेलारुसमाथि प्रतिबन्ध लगाएको विरोधमा बेलारुसले पोल्याण्ड हुँदै युरोपमा अन्य मुलुक छिर्न आप्रवासीलाई बाटो खोलिदिएको पोल्याण्ड लगायतका छिमेकी देशहरुको आरोप छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij