आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गुल्मीमा भीरबाट खसेर दम्पतीको मृत्यु

  • प्रकाशित मिति : शनिबार, पुस ३, २०७८



  • closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

    काठमाडौं ।

    गुल्मीमा भीरबाट खसेर एक दम्पतीको मृत्यु भएको छ।

    शुक्रबार दिउँसो ३ बजे मुसिकोट नगरपालिका वडा नम्बर १ बाङ्गेस्थित एक सामुदायिक वनको भीरबाट खसेर एक दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले जानकारी दिए। भीरबाट लडेर २६ वर्षीय श्रीमान मनु सार्की र २५ वर्षीया श्रीमती ज्ञानू परियारको मृत्यु भएको हो।

    प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार उनीहरू गोरेटो बाटोबाट झण्डै ७ देखि ८ सय मिटर तल खसेका थिए। ‘हाम्रो प्रारम्भिक अनुसन्धान अनुसार सुरूमा एक जना लडेर खसेको देखिन्छ, त्यसलाई बचाउनेक्रममा अर्को पनि खसेकोजस्तो देखिन्छ,’ पाण्डेले भने, ‘घटना भएको थाहा पाएलगत्तै उद्धारको लागि टोली खटिएर दुबैलाई अस्पताल पुर्‍याएका थियौं।’

    उनीहरूको उद्धार गरी जिल्ला अस्पताल तम्घास पठाइएको थियो। अस्पताल लगेर उपचार गराएको १०-१५ मिनेटमै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। उनका अनुसार श्रीमतीलाई लिएर श्रीमान ससुराली जाँदै थिए।

    छिटो पुग्ने बाटो भएको हुँदा उनीहरूले त्यहाँको बाटो प्रयोग गरेका थिए। त्यसैक्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ। घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij