आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बागलुङमा पनि हिमपात

  • प्रकाशित मिति : बुधबार, पुस १४, २०७८



  • बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्ष लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिजो साँझदेखि ढोरपाटन क्षेत्रमा हिमपात भएको स्थानीय चुना घर्ती मगरले जानकारी दिनुभयो । हिमपातका कारण स्थानीयको जनजीवन कष्टकर भएको छ ।

    ढोरपाटन लगायत जिल्लाको निसीखोला, तमानखोला, गाँजाको दहमा पनि बाक्लो हिमपात भएको छ । हिमपातका कारण पशुचौपायालाई घाँस, दाना खुवाउन र कामकाज गर्न समस्या भएको निसीखोला गाउँपालिका वडा नम्बर ६ सीपका ओम घर्ती मगरले जानकारी दिनुभयो ।

    पर्यटकीय क्षेत्र गाजाको दह, ताराखोलाको माथिल्लो क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । हिमपातले बागलुङको उच्च पहाडी क्षेत्र ढाँकिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij