आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बाघको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, पुस १६, २०७८



  • नवलपरासी ।

    नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका १२ मा आज शुक्रवार बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बाघको आक्रमणबाट मध्यविन्दु १२ अरुणखोलाकाी ३९ वर्षीया बरिसा सारुको ज्यान गएको हो ।

    आज बिहान नजिकैको वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सागर पन्तले बताउनुभयो । सारुसँगै गएका अन्य स्थानीयवासीले बाघले आक्रमण गरेको जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

    घटनास्थल अरुणखोला–दुम्कीवास सडक खण्डभन्दा झन्डै पाँच सय मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ ।

    नवलपुरमा यसअघि एक महिना अगाडि मङ्सिर दोस्रो हप्ता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका १ को सामुदायिक वनका वन रक्षकको ज्यान गएको थियो ।

    यस वन आसपासमा बाघको आतङ्क भएको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको थियो ।

    यस क्षेत्रमा देखिएको बाघ नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij